मकवानपुरको पूर्वी गाउँपालिका बागमती गाउँपालिकामा एक बालिकाको शव भेटिएको छ । बागमती गाउँपालिका वडा नम्बर ७ लामिटारकी ४ वर्षीया रुविना पाख्रिनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बालिका रुविनाको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिए । बालिका बुधबार साँझ ६ बजे बाट हराएकी थिइन् हराएको १ घण्टामा मृत अवस्थामा उनको शव भेएिको हो । रुविनाको शरिरको विभिन्न अङहरुमा चोट देखिनुको साथै रगतहरु लतपतिएको र टाउकोमा ठुलो चोट देखिएको प्रहरीले बताए । रुविनाको शव पोस्टमार्टमको लागि हेटौंडा ल्याउँदै गरेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।