Comments Add Comment

आज २०७७ मंसिर ४ गते बिहीवारको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ मंसिर ०४। बिहीवार। इ.सं. 19 November 2020 । शक संवत १९४२ । नेपाल संवत ११४१ कछलाथ्व । प्रमादीदक्षिणायनहेमन्त ऋृतुकार्तिक शुक्लपक्षतिथि पञ्चमी , २६:४४ बजे उप्रान्त षष्ठी नक्षत्र पूर्वाषाढा , १४:५० बजे उप्रान्त उत्तराषाढा योग शूल , १५:३६ बजे उप्रान्त गण्ड करण वव १५:१४ बजेदेखि वालव , २६:४४ बजे उप्रान्त गर चन्द्रराशि धनु । आनन्दादी योग धाता । दिनमान २६:३८ पला । सूर्योदय ०६:२९ बजे । सूर्यास्त बेलुका १७:०८

विश्व शौचालय दिवस

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकासपनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । तर साँझमा खर्च बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसरपनि प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । साथी या नयाँ व्यक्तिसंग भेटघाट होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्दव्यापारमा फाइदापनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर