यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले आगामी दस दिनमा दुवै अध्यक्षले एउटै प्रस्ताव लिएर बैठकमा उपस्थित हुनुपर्ने बताएका छन्। उनले सचिवालय बैठक दस दिनका लागि स्थगित भएपछि बुधबार समानान्तर दस्तावेजले समाधान ननिकाल्ने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘पार्टी एकताको भावना विपरीत आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ। पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेजको बाटो एकतातर्फको बाटो अवश्य होइन।’

Advertisement
उनले १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका सदस्यहरुसँग आग्रह पनि गरेका छन्। उनले भनेका छन्, ‘अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ।’ नेकपाको सचिवालय बैठकमा बुधबार महासचिव बिष्णु पौडेलले पार्टी नेतृत्व असफल भइसकेकाले सबैले सामूहिक राजीनामा गरेर नयाँ पुस्ताका लागि मार्गप्रसस्त गर्नुपर्ने बताएका थिए।