Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यम बरालको ‘जवानी ताजा ताजा छ’ मा उषा र नाजिर (भिडियो)

Company Register

काठमाडौं – गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको ‘जवानी ताजा ताजा छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

Advertisement

प्रेम शैलीको यस गीतको शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

गीतको भिडियोमा अभिनेता नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। रविन्द्र न्यौपानेको छायांकन भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको निर्देशन रहेको छ ।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादे न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी छिन्। उनी गायन संगै अभिनयमा समेत रुचि राख्ने गर्छिन्। उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...