काठमाडौं – लोकप्रिय हास्य श्रृङ्खला ‘सक्किगोनी’ हिमालय टीभीबाट प्रसारण हुने भएको छ।

कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन्। आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उनले बताए।

हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगोनी’ श्रृङखलालाई जेपिटी क्रियसनले निर्माण गर्ने भएको हो। कार्यक्रमको बजारीकरण भने एपप्याड प्रालिलाई अनुबन्ध गरेको टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले  जानकारी दिए।

कट्टेलले सक्किगोनीलाई थप उचाइमा पुर्‍याउन हिमालय टिभीसँग सहकार्य गरेको बताए।