२ हजार ५७१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १ हजार ७९८ जना डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९७ हजार २४ जना पुगेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

यता, पछिल्लो २४ घण्टामा १७ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ११ सय २६ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad