संगीतकार तथा गायिका अस्मि रिसालको तिहारको नयाँ गीत ‘देउसीरे’ सार्वजनिक भएको छ । यस वर्षको तिहारमा मौलिक गीत सार्वजनिक भएको हो । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा नायिका सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मि रिसाल र दिपिका थापाको अभिनय रहेको छ ।

सांगीतिक र अभिनयको कक्षा लिएकी गायिका रिसालले यो पटकको तिहार पर्वको लागी आफ्ना दर्शक श्रोतालाई शुभकामना स्वोरुप यो गीत “देउसीरे“ सार्वजनिक गरेकी हुन् ।

यस गीतमा सौरब लामाको सिनेमाटोग्राफी, मित्र गुरुङको सम्पादन रहेकोछ।निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको यस गीतलाई ओ एस आर डिजिटलको आफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।