काठमाडौं – सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको थियो ।