Comments Add Comment

नागरिक लगानी कोषले ल्यायो पेन्सन योजना, को–को सहभागी हुन पाउँछन् ?

नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो योजनामा धेरै भन्दा धेरै नागरिकको चासो रहेको र सोही अनुसार आकर्षण रहने कोषको विश्वास छ ।

कोषका अनुसार मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने छ भने भन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्न पनि पाइनेछ ।

कृषि, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका विभिन्न क्षेत्रमा कार्यरत नागरिक यस योजनामा सहभागी हुन सक्छन्। मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ ।

सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ ।

बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन पाउनेछन । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर