हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ मा बकैया टाईम्सका समाचार संयोजक एवम् गोलनेपाल डटकम मकवानपुरका संवाददाता बिक्रम कुमार बानियाँको अध्यक्षतामा ११ सदस्यीय बनस्खण्डी युवा क्लब गठन गरिएको छ । युवा लक्षित सचेतनामुलक र खेलकुदका कार्यक्रम संचालन गर्ने, सामाजिक दूव्र्यसन, कुप्रथा र अवान्छित कृयाकलापलाई निरुत्साहित गर्ने, परम्परा र संंस्कृतिको संरक्षण तथा सामाजिक महत्वका कार्य गर्ने लगायतका उदेश्यका साथ क्लब गठन गरिएको हो ।
क्लबको उपाध्यक्षमा होमप्रसाद भण्डारी (विवेक), सचिवमा लक्ष्मी तिमल्सिना, कोषाध्यक्षमा समिर वक्स, सह–सचिवमा उर्मिला न्यौपाने र सह–कोषाध्यक्षमा समाज अमुगाईँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विजयलाल थिङ, सपना कार्की आशिष पौडेल, उर्मिला विश्वकर्मा र गौरव श्रेष्ठ चयन भएका छन् ।