Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा बुधबार बिहानै थपिए ४० संक्रमित

Company Register

मकवानपुरमा बुधबार बिहान थप ४० जनामा कोरोना पुष्टि भएको छ । कात्र्तिक १७ गते संकलन गरिएको १०१ जनाको स्वाबमा ४० जनाको रिपोर्ट पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भौला प्रसाद चौलागाईले जानकारी दिएका छन् । हेटौंडा – १० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्रमा परिक्षण गरिएको स्वाबमा १८ जना महिला र २२ जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरु मध्य हेटौंडा उपमहानगरपालिका क्षेत्रका २९ जना रहेका छन् भने मनहरी गाउँपालिकाका ६ जना , थाहानगरका ४ जना , बकैया गाउँपालिका र जिल्ला बाहिरका एक–एक जनाका रहेका छन् ।

Advertisement

No photo description available.
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...