Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडाका ७३ सहित मकवानपुरमा ७९ जना कोरोना संक्रमित थपिए

Company Register

मकवानपुरमा बुधबार बिहान थप ७९ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान आएको रिपोर्टमा ७९ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिनुभयो । संक्रमित हुनेमा २६ महिला र ५३ पुरुष रहेको छ । असोज २५ गते २१५ जनाको स्वाब संकलन गरिएकोमा हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा ७९ जनामा कोरोना पुष्टि भएको निरिक्षक चौलागाँईले जानकारी दिनुभयो । संक्रमित हुनेहरु धेरैजसो हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । बुधबार बिहान आएको रिपोर्टमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ७३ जना , मकवानपुरगढीका २ जना , बकैया गाँउपालिकाका १ जना र जिल्ला बाहिरका ३ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

20201014_054706-1602633933.jpg
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...