आज २०७७ असोज २८ गते बुधवारको राशिफल

अनलाइन पत्र संवाददाता२०७७-०६-२८ No Comments

आजको पञ्चाङ्ग

बि.सं. २०७७ असोज २८ बुधवार । इ.सं. 14 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनशरद ऋृतुअधिक आश्विन कृष्णपक्षतिथि
द्वादशी , ०८:२३ बजे उप्रान्त त्रयोदशी नक्षत्र पूर्वफाल्गुनी , १८:५८ बजे उप्रान्त उत्तरफाल्गुनी योग शुक्ल , १३:१४ बजे उप्रान्त ब्रह्म करण तैतिल ०८:२३ बजेदेखि गर , १९:२६ बजे उप्रान्त चतुष्पद चन्द्रराशि सिंह । आनन्दादी योग स्थिर। दिनमान २८ घडी ४५ पला । सूर्योदय ०६:०४ बजे । सूर्यास्त बेलुका १७:३४

द्वादशी, अधिक आश्विन कृष्णपक्ष

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शिक्षामा सफलता पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । इच्छा पूरा गर्न र भौतिक सुखकालागि खर्च बढ्नेछ, तर नजिकका व्यक्तिबाट भरपुर साथ र सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । भूमि लाभपनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान र ढीलासुस्ती होला । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । मनोबल उच्च रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । रमाइलो यात्राको योग रहेको छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

Ad
Ad