Comments Add Comment

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं – बुधबार देशका पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानको मौसम सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । 

आज दिउँसोपछि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही केही स्थानमा हल्का पानी पर्ने सम्भावना हरेको छ भने बाकीँ प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। 

त्यस्तै आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदलीको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र  कर्णाली प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर