2025-11-09 12:52 pm

कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा, डिल्लीबजार कारागार चलान गरियो

काठमाडौं– जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

आइतबार शुरु भएको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महराले थुनामै रहनुपर्ने छ । यद्यपि, महराले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन् ।

फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महरा प्रतिनिसभा सदस्य (सांसद) पदबाट स्वतः निलिम्बित भएका छन् । यो समाचार खबरहब डट कम् बाट साभार गरिएको हो

About the Author

Ad
Ad