यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

पत्रकार गोकर्ण गौतमको निधन


काठमाडौं – पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकमा कार्यरत ३१ वर्षीय पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।

Advertisement
टाउकोमा नसाको समस्या आएपछि न्यूरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो। शल्यक्रिया सफल हुन नसक्दा उनको निधन भएको तिमल्सिनाले बताए। ।
मकवानपुरका स्थायी बासिन्दा गौतम लामो समयदेखि कला, साहित्य र सामाजिक विषयमा पत्रकारिता गरेका थिए। उनी यसअघि नेपाल साप्ताहिकमा कार्यरत थिए।