Comments Add Comment

२१०३ संक्रमित थपिए, २८५८ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप १७ जनाको मृत्यु छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

यस्तै आज (बिहीबार) २ हजार १०३ संक्रमित थपिएका छन् भने २ हजार ८५८ जना निको भएर फर्किएका छन् । आज क्वारेन्टिनमा ७६७ जना रहेका छन् भने २८ हजार १०६ सक्रिय संक्रमित रहेका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख १५ हजार २० पुगेकाे छ । संक्रमितमध्ये १ लाख ८५ हजार ६३८ जना निकाे भइसकेका छन् । मृतक संख्या १ हजार २७६ पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर