मकवानपुरमा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमित भएर आइसोलेसनमा उपचाररत ५४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार हेटौंडा–१०स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ सय ५० पुगेको छ । मकवानपुरमा हालसम्म १२ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।