फेसबुकले म्यासेञ्जरमा साथी तथा परिवारसँग एकसाथ भिडियो हेर्न सकिने चर सार्वजनिक गरेको छ । वाच टुगेदर नाम दिइएको यो फिचरमार्फत ओरिजिनल कार्यक्रम, प्रयोगकर्ताले अपलोड गरेका, क्रियटर कन्टेन्ट, लाइभ स्ट्रिम लगायत फेसबुक वाच भिडियो कन्टेन्ट सँगसँगै हेर्न सकिनेछ ।

यसैगरी चाँडै म्युजिक भिडियो समेत यसमा समावेश गरिनेछ । फेसबुकको यो कोवाचिङमा मोबाइल म्यासेञ्जरमा ८ जनासम्मले तथा म्यासेञ्जर रुममा ५० जनासम्मले एकसाथ भिडियोको अनुभव लिन सक्ने बताइएको छ ।

कोभिड १९ ले हुलु, प्लेक्स र अमेजन जस्ता थुप्रै स्ट्रिमिङ सर्भिस प्लेटफर्मलाई सँगसँगै भिडियो हेर्न सकिने फिचरका लागि बल पुर्‍याएको छ तर फेसबुकले भिडियो हेर्न सकिने फिचर ल्याउने घोषणा दुई वर्ष अघिको आफ्नो एफ एट डेभलपर कन्फ्रेन्समार्फत नै घोषणा गरेको थियो । त्यसयता यो प्रडक्ट विकासकै क्रममा रहेको थियो ।