नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

अनलाइन पत्र संवाददाता२०७७-०७-०१ No Comments

काठमाण्डाै – हुम्लाको सदरमुकाम सिमीकोटमा रहेकाे नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।  

जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ । सेवा आजदेखि सञ्चालनमा आएको छ । हिउँदमा हुम्लीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले त्यस सेवा जडान गरेको नेपाल टेलिकम  हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  भट्टराईका अनुसार  टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो । 

बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो । केही दिनअअघि मात्रै  सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमीकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको  टावर मर्मत गर्न प्राविधिक टोली काठमाण्डौबाट सिमकोट पुगेको थियो ।  विगतका वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित थिए ।

Ad
Ad