Comments Add Comment

प्रियंका चोपडा लिन्छिन् एउटै इन्स्टा पोष्टबाट लाखौँ डलर

तपाईँ हामीले समय कटाउन र मनोरञ्जनको लागी चलाउने सामाजिक संजालाले पक्कै पैसा धेरै खर्च गराइरहेको हुन सक्छ । सामाजिक सञ्जाल प्रयोग गरेर पैसा कमाउने त सोच्नु हाम्रोलागि परको कुरा नै हो । तर यो कुरा विश्वमा नै प्रोफाइल बनाइसकेका कलाकारको हकमा भने लागु हुँदैन । अचम्म लाग्न सक्छ केही यस्ता सेलिब्रिटी पनि छन्, जसले इन्स्टाग्रामबाट एउटै पोस्ट गरेबापत करोडौँ रकम कमाउँछन् । हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोसन गरेबापत करोडौँ रकम कमाउने गरेको खुलेको छ । चोपडालाई इन्स्टामा फलो गर्नेको सङ्ख्या ४ करोड ३० लाख भन्दा बढी छ ।

इन्स्टाग्रामको सेड्यूलिंग टूल ‘होप्पर एचक्यू’को सूचीबाट यो कुरा सार्वजनिक भएको हो जसमा, उनी १९ औँ स्थानमा छिन् । एउटा ब्रान्डको विज्ञापन गरे बापत २ लाख ७१ हजार डलर लिँदै आएको खुलेको हो । रिपोर्टका अनुसार पहिलो स्थानमा रहेका अमेरिकाका गायक कायनी जेनरले एउटा पोस्टका लागि १२ लाख ६६ हजार डलर लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर