सिन्धुपाल्चोकमा घर पुरिँदा एक जनाको मृत्यु र ४ जना बेपत्ता रहेको छ । भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा पहिरोले दुई वटा घर पुरिँदा एक जनाको मृत्यु र ४ जना बेपत्ता भएका हुन् । ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए । ज्ञान्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन् । पहिरोले पुरिएर बेपत्ता रहेकाको खोजी जारी भईरहेको वडाध्यक्षले जानकारी दिए ।