स्पेनिस ला लिगा फुटबलमा सोमबार बिहान रियल मड्रिडले ग्रानडालाई २–१ गोलले पराजित गरेको छ । ग्रानडाको मैदानमा रियललाई जिताउन फर्लान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे । ग्रानडाका डार्विन माचिसले १ गोल फर्काए । जितसँगै रियलले बार्सिलोनाभन्दा फेरि ४ अंकले अगाडि बढेको छ । रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ । अर्को खेलमा अलाभेसलाई पराजित गरे यो सिजनको ला लिगा उपाधि रियलको हुनेछ ।