Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युरोकप : जर्मनी विरुद्ध १–० गोल अन्तरले फ्रान्स विजयी

Company Register

विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको हो । जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।

Advertisement

डिफेन्डर हुमेल्सले २०औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...