Comments Add Comment

मकवानपुर जापान समाजले गर्यो पूर्वमन्त्री बानियाँलाई स्वागत

कवानपुर १६ साउन । पूर्व गृहराज्यमन्त्री एवं प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँलाई जापानमा रहेको नेपालीहरुको संगठन मकवानपुर जापान समाजले स्वागत तथा सम्मान गरेको छ ।
माननिय बानियाँलाई मकवानपुर जापान समाजले जापानको टोकियोमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्वागतसमेत गरेको हो ।
उक्त कार्यक्रममा मकवानपुरको विकास र मकवानपुरे जनताको हितबारे अन्तरक्रिया र छलफल गरिएको जापानमा रहेका बच्चुराम अर्यालले तु खबरलाई बताए ।
अन्तरक्रियामा बोल्दै बाँनियाले प्रदेश नम्बर ३ का युवालाई सकभर स्वदेशमै रोजगारीको व्यवस्था गर्ने र विदेश जान चाहानेको हकमा पनि दक्ष शिपको व्यवस्था गरिदिन प्रदेश सरकारलाई आफुले पहल गर्ने बताए ।
७ दिने जापान भ्रमणमा रहेका बानियाँ शनिवार नेपाल फर्कने तय भएको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर