नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५७ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको पाँचौं दिन आज सम्पन्न भएको छ । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हंस साहीको प्रमूख आतिथ्यता तथा STFT केन्द्रीय अध्यक्ष भूपती वत्स्यालको प्रशिक्षणमा सम्पन्न भएको हो ।

भेलालाइ संवोधन गर्दै प्रमूख अतिथी साहीले शिक्षक आन्दोलनको विरासत बोकेको मकवानपुर जिल्लाले शिक्षक प्रशिक्षणको श्रृंखलालाइ चरम उत्कर्षमा पुर्याएको भन्दै खुशी ब्यक्त गर्नुभएको हो । कोरोना कहरको यस्तो विषम परिस्थितीमा पनि शिक्षक प्रशिक्षणका माध्यमबाट पेशागत आन्दोलनको देशकै विरासत बोकेको मकवानपुरले आफ्नो गरिमा उँचो बनाएकोमा बधाइ समेत दिनुभएको हो । आज निरन्तर ५७ औं दिनसम्म पनि त्यो विराषत् पूरा गर्दै शिक्षक प्रशिक्षित गर्नुले शिक्षक संगठन आफ्नो क्षमता विस्तारमा पनि उत्तिकै क्रियाशील छ भन्ने पुष्टि गरेको बताउनुभएको हो । प्रशिक्षक वत्स्यालले भने शिक्षकहरुलाइ मोवाइल फोनको माध्यामबाट कक्षाकोठामा उपयोगी हुने प्रयोगात्मक स्लाइड निर्माण सम्वन्धी प्रशिक्षण दिनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।

संगठन संस्थागत विद्यालय विभाग अध्यक्ष सचिन लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ सचिव रामशरण रिजालले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिती सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, सुन्दरी घिमिरे, मकवानपुर अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा, अछाम उपाध्यक्ष गीता ढुङ्गाना, पर्वत अध्यक्ष चिरञ्जिवी अधिकारी, नुवाकोट उपाध्यक्ष विद्या घिमिरे, प्यूठान सचिव ज्ञानहरि रिजाल, मकवानपुर जिल्ला समिति पूर्व सचिव केशव प्रसाद सञ्जेल, सचिवालय सदस्य कृष्ण पौडेल सहकारी अध्यक्ष सिताराम दाहाल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सदस्य सविता लामिछाने, भगवती पुडासैनी, शिब प्रसाद चौलागाइ, चुडा पौडेल, बालकुमार श्रेष्ठ, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी, संगठन हेटौंडा नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल, धादिङ सदस्य सरस्वती पाण्डे, मणिराम छतकुली, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५८ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको पाँच दिने तालिम समापन सत्र पनि भोलि बिहान ७ बजे नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा हुने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।