Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

त्रिविका स्थगित परिक्षा मंसिरमा हुने

Company Register

त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएको छ। विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो।परीक्षा तालिकासम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ। असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालेको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...