लकडाउनका कारण चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरुमा पैसा अभावले कस्तो अवस्था निम्त्याएको विषयमा एक छोटो चलचित्र निर्माण गरिएको छ।‘पैसो’ नामक छोटो चलचित्रले चलचित्र क्षेत्रमा काम गर्ने सपना बोकेर राजधानी छिरेका तीन युवाको कथा वाचन गरेको छ।

अर्री इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यो चलचित्रलाई कलाकार राज न्यौपाने तथा सिनेम्याटोग्राफर अर्जुन तिवारीले निर्माण गरेका हुन्। विनोद ढकालको भ्वाइस ओभर रहेको चलचित्रमा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश बिक, सञ्जय पोखरेल, रामु घिमिरे, कृष्ण बहादुर गिरीले अभिनय गरेका छन्। चलचित्रमा बिनय कार्की क्षेत्रीको संगीत तथा गायन छ।

चलचित्रमा गीतको शब्द सिमोन न्यौपानेले लेखेका छन्। ओम नमः शिवाय मल्टि स्टुडियो मिडिया सिष्टममा पोष्ट प्रोडक्सन गरिएको चलचित्रका छायांकार र सम्पादक अर्जुन तिवारी हुन्। चलचित्र लेखन तथा निर्देशन राज न्यौपानेले गरेका हुन्।