Breaking
4 Dec 2024, Wed

आजबाट पञ्चक सकिने, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण ८ गते

आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ८ गते बुधबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको सप्तमी तिथि दिवा १।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र दिवा १२।५३ बजेसम्म रहनेछ । आज सुकर्म योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२३ मा छ भने सूर्यास्त बेलुका ६।५७ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आज दिवा १२।५३ बजेबाट पञ्चक सकिनेछ । आज बुधबार विष्णु भगवान्को उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहनेछ ।

Ad
Ad