Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन (विज्ञप्ती सहित)

Company Register

विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरसका कारण देश अहिले लकडाउनमा छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति निकाल्दै निर्देशन दिएको छ ।

Advertisement

सोमबार मन्त्रालयले विज्ञप्ती निकाल्दै कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने जानकारी दिएको हो भने विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न समेत विद्यालयहरुलाई निर्देशन दिएको हो । विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् । मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको हो । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयले प्रकाशन गरिएको विज्ञप्ती हेर्नुहोस्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...