आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख २३ गते मंगलवार ।  इ.सं. 05 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि त्रयोदशी , २१:४६ बजे उप्रान्त चतुर्दशी । नक्षत्र हस्त , १५:०२ बजे उप्रान्त चित्रा । योग वज्र , २३:४८ बजे उप्रान्त सिद्धि । करण कौलव १०:५९ बजेदेखि तैतिल , २१:४६ बजे उप्रान्त भद्रा । चन्द्रराशि कन्या । आनन्दादी योग सौम्य । दिनमान ३३ घडी १० पला । सूर्योदय ०५: २३ बजे । सूर्यास्त १८: ३९ बजे ।

प्रदोष व्रत।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।   

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज समाजमा हितकोलागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।       

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ ।   

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।       

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चापनि चल्नेछ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

 आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाटपनि लाभ नै रहला ।          

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रविधि र संचारको माध्यमबाट दैनिकी सहज हुनेछ ।           

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ । स्वास्थ्य प्रति सजकता अपनाउन जरूरी छ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल