Comments Add Comment

‘एभेन्जर्स: इन्ड गेम’ बन्यो विश्वकै सर्वाधिक व्यापार गर्ने फिल्म

फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ले रिलिजको ८६ दिनसम्म आइपुग्दा २,७९०.२ मिलियन अमेरिकी डलर कलेक्सन गर्दै विश्वकै सर्वाधिक व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ । दश वर्ष अघि रिलिज भएको ‘अवतार’ले लाईफटाइम कलेक्सन २,७८९.७ मिलियन डलर गरेको थियो ।

‘एभेन्जर्स’ले घरेलु बक्सअफिसमा २३४ दिन टिकेको ‘अवतार’लाई ५ लाख बढी अमेरिकी डलरले पछि पारेको हो । एभेन्जर्स निर्माता कम्पनी मार्भल स्टुडियो प्रमुख केभिन फेगले शुक्रवार बेलुका ५ लाख अमेरिकी डलर ग्रससहित एभेन्जर्स : एन्ड गेमले अवतारको कमाइलाई उछिनेको घोषणा गरेको थियो । अब अवतार दोस्रो स्थानमा पुगेको छ भने तेस्रो स्थानमा जेम्स क्यामरुनकै टाइटानिक छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर