Menu

सोनाक्षीको फिल्म ‘खानदानी शफाखाना’ रिलिज रोक्न स्टे अर्डर

चलचित्रको कथा बस्तु अनि प्रस्तुतिलाई लिएर असन्तुष्टि व्यक्त गर्नु अनि उजुरी दिनु कुनै नौलो कुरा त होइन । समाजमा फरक फरक मनस्थिति, समुदाय, धर्म अनि विश्वास भएका मानिसको हुने भएकैले पनि एकलाई सामान्य लाग्ने कुरा अरूलाई असामान्य लाग्छ भने एक लाई पचेको कुरा अरूलाई नपच्न सक्छ । यस्तै भएको छ बलिउडको एक चलचित्रको हकमा जसले यौन भन्ने कुरा सामान्य हो भन्ने कुरालाई प्राथमिकता दिएको छ ।

अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘खानदानी शफाखाना’ ले ट्रेलर केही दिन अघि रिलिज गरेको थियो । जसमा सोनाक्षी एक सेक्सोलोजिस्टको भूमिकामा देखिएकी छिन् । उनले खानदानी शफाखाना नामको सेक्स क्लिनिक चलाएकी छिन् ।

यसै ट्रेलरलाई लिएर दिल्लीका यौन विज्ञ डा.विजय एबोटले हाईकोर्टमा स्टे अडर फाइल गरेका छन् । जसमा फिल्म रिलिजमा रोक लगाउने माग गरिएको छ । फिल्मले २ अगस्टलाई रिजिज मिती तोकेको छ ।

भारतीय मिडिया अनुसार, ‘डा. विजयले सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई एक लेटर पठाएका थिए । १८ जुलाईमा लेखेको लेटरमा डा .विजयको बाबु डा.हकीम हरि किशन लालको प्रख्यात खानदानी शफाखानालाई अवैध तरिकाले प्रयोग गरिएको बताइएको छ । साथै डा.हकीमको तस्बिरलाई पनि अवैध रूपमा फिल्मको ट्रेलरमा प्रयोग भनी उनले विरोध गरेका छन् ।

ट्रेलरलाई लिएर विवाद उत्पन्न भएपछि फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ र डा.हकीम हरि किशन लालको तस्बिर पनि हटाइएको छ । फिल्ममा सोनाक्षीका साथमा र्‍यापर बादशाह र वरुण शर्माको पनि मुख्य भूमिका रहेको छ । फिल्मलाई शिल्पी दासगुप्ताले निर्देशन गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad