Comments Add Comment

सुरज सिंह र रेश्मा अभिनीत ‘गल्ती २’

विक्रम बराल र सज्जा चौलागाईंको स्वरमा गीत ‘गल्ती २’ सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईँको शब्द, कल्याण सिंहको सङ्गीत तथा विशाल पौडेलको सङ्गीत संयोजन रहेको छ।

साथमा हुँदा अनुभूत गर्न नसकेको प्रेम दुरीले फर्काएको कथामा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेले जीवन्त अभिनय गरेका छन् । भिडियो छायाङ्कन बुद्ध थापा, सम्पादन विकास धमला र शृङ्गार सुजाता तथा जस्मिनको रहेको छ । गीतको शब्दलाई निकेश खड्काले निर्देशन मार्फत न्याय दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर