Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत २१ गते शुक्रवार, तपाईको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत २१ गते शुक्रवार। इ.सं. 2020 April 03 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादीउत्तरायण वसन्त ऋृतु चैत्र शुक्लपक्षतिथि दशमी , १९:४७ बजे उप्रान्त एकादशी । नक्षत्र तिष्य , १३:५५ बजे उप्रान्त अश्लेषा। योग सुकर्मा , ८:४८ बजे उप्रान्त धृति । करण तैतिल ८:३४ बजेदेखि गर , १९:४७ बजे उप्रान्त वालव । चन्द्रराशि कर्कट । आनन्दादी योग उत्पात । दिनमान ३१ घडी ०९ पला । सूर्योदय ५: ५४ बजे । सूर्यास्त १८: २२ बजे ।

Advertisement

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

गरेको काममा ढिलासुस्ती हुनेछ । सौन्दर्यतामा धन खर्च बढ्न सक्छ । मनमा चञ्चलतापनि बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।     

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । बैदेशिक कार्यभने कमजोर रहनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज नयाँ नयाँ कार्यको योजना बन्नेछ । स्वाद अनुसार खानपनि पाईनेछ । महिला मित्रबाट विशेष सहयोगको अपेक्षा गर्न सकिनेछ ।           

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।    

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यप्रति सजक रहनु आवस्यक छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।      

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पुनर्मिलनको योग रहेको छ ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।     

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज स्वास्थ्यप्रति सजक रहनु पर्छ । प्रेममा मतभेद बढ्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज आत्मिक सन्तुष्टि मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लाभदायक यात्रा रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल   ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...