
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन खेलकुद तथा मनोरञ्जनात्मक कार्यमा बित्ला, पारिवारिक मित्रता तथा रमाइलो यात्रा होला, नयाँ नयाँ मित्रहरूसंगको भेटले मन आनन्दित रहला।
वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन नयाँ बस्त्र तथा आभुषण प्राप्त हुने योग छ। तपाईंको लगनशीलताले आटेका वा सोचेका काम कार्यहरू पूरा होलान् , आर्थिक लाभका नयाँ नयाँ मार्गहरु नि प्रशस्त होलान् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन शिक्षा क्षेत्रमा सफलता पाउनुका साथै कुनै लेख रचना तथा साहित्यिक कार्यको थालनी होला , आज कुनै उपहार तथा पुरस्कार प्राप्त हुने योग पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन अपर्झट कुनै पनि स्थानको यात्रा हुनसक्छ, खेलकुद तथा साहित्यिक क्षेत्रमा तपाईंको सहभागीताले उत्साह थपिएला, आज दक्षिण तिरको यात्रा नगरेकै राम्रो होला।
आज हर्ष तथा प्रसन्नताका साथ समय बित्नेछ, तपाईंको लगनशीलता तथा पराक्रमले कठिन भन्दा कठिन कार्यहरू पनि सहजै सम्पन्न होलान् , आज को दिन आध्यात्मिक चिन्तनमा मन जाने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन धन आर्जनका विभिन्न मार्गहरु प्रशस्त होलान् , धन तथा मान प्राप्ति हुनसक्छ, वैदेशिक यात्राका अवसरहरु पनि आउनसक्छ, तर पनि आर्थिक लेनदेनमा विशेष सावधानी अपनाउनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन तपाईंको व्यक्तित्व देखेर सबै प्रभावित होलान् , तपाईंको साथ र सहयोगले सबैलाई फाइदा होला, आज परोपकार तथा धार्मिक कार्यमा मन जानेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन अनावश्यक खर्चको योग आएको छ , सन्तान पक्षको कमजोरीले अपमानित महशुस होला, तपाईंको कमजोरीको फाइदा उठाउलान, धैर्य तथा विवेकले काम लिनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको दिन तपाईंलाई गुप्त बिद्या तथा शिक्षा प्राप्त होला , आज विशेष परिस्थितिले दिनभर मन रमाउला, कुनै पनि गुरुजन तथा साधु सन्तलाई सेवा तथा सत्कार गर्न पाईएला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाईंलाई आजको दिन कुनै उच्च पद प्राप्ति तथा जागीर मा पदोन्नति होला, सरकारी काम कार्यहरू पनि सहजै सम्पन्न होलान् , आज मान,सम्मान,धन तथा प्रतिष्ठामा वृद्धि होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन गरिरहेका अधुरा कामहरूको आज बिट मारिएला, मन हलुका हुनेछ, तिर्थयात्रा तथा शुभ कार्य गरिएला, आजको दिन भाग्योदय हुनाले वैदेशिक यात्राका अवसरहरु पनि आउनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन पशु तथा चौपायाबाट लाभ होला, शत्रुहरु हार खानेछन, तर पनि आजको दिन कुनै नयाँ काम कारोबार नगरेकै राम्रो होला, आजको दिन भगवान महादेवको आराधना गरेमा राम्रो हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




