Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७७ असोज २५ गते आइतवार को राशिफल

Company Register

आजको पञ्चाङ्ग

Advertisement

बि.सं. २०७७ असोज २५ आइतवार । इ.सं. 11 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनशरद ऋृतुअधिक आश्विन कृष्णपक्षतिथि
नवमी , १२:१६ बजे उप्रान्त दशमी नक्षत्र तिष्य , २१:१४ बजे उप्रान्त अश्लेषा योग सिद्ध , २०:०३ बजे उप्रान्त साध्य करण गर १२:१६ बजेदेखि वणिज , २३:५३ बजे उप्रान्त वालव चन्द्रराशि कर्कट । आनन्दादी योग श्रीवत्स। दिनमान २९ घडी ५७ पला । सूर्योदय ०६:०२ बजे । सूर्यास्त बेलुका १७:३७

नवमी, अधिक आश्विन कृष्णपक्ष

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । प्रेममा सफलतापनि पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । स्वास्थ्य तथा शिक्षामा सुधार आउनेछ । सामाजिक क्षेत्रबाटपनि सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धव र साथीभाईबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...