Comments Add Comment

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ वैशाख ३१ गते को राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख ३१ गते बुधवार ।  इ.सं. 13 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु । ज्येष्ठ कृष्णपक्ष । तिथि षष्ठी , ०९:४७ बजे उप्रान्त सप्तमी । नक्षत्र उत्तराषाढा , ०८:४२ बजे उप्रान्त श्रवण । योग शुभ ०५:२९ बजेदेखि शुक्ल , २८:४१ बजे उप्रान्त ऐन्द्र । करण वणिज ०९:४७ बजेदेखि भद्रा , २१:५४ बजे उप्रान्त कौलव । चन्द्रराशि मकर । आनन्दादी योग मुद्गर । दिनमान ३३ घडी ३४ पला । सूर्योदय ०५: १८ बजे । सूर्यास्त १८: ४४ बजे ।

वैशाख मसान्त।

विश्व नर्स दिवस

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।      

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योगपनि रहेको छ ।      

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।             

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

 साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजनापनि बन्नेछ ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।          

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।             

मीन (दि, दु, , , , दे, दो, चा, चि)

धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । ज्यो.प. नारायण प्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर