काठमाडौं – रियालिटी शो ‘केमडी च्याम्पियान’को उपाधी धादिङका हिमेस पन्तले जितेका छन्। शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा हिमेशले सुमन कोइराला र खड्गबहादुर पुन मगरलाई भोटिङका आधारमा पछि पार्दै हिमेेेश उत्कृष्ट घोषित भएका हुन्।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् साथै अन्य आकर्षक पुरस्कार समेत प्राप्त गरेका छन्। वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

कमेडी च्याम्पियनको निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। विशाल भण्डारीले निर्देशन र निर्माण गरेको हुन्। भण्डारीले कमेडी च्याम्पियानको दोस्रो सिजनको पनि घोषणा गरेका छन् ।