Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘कमेडी च्याम्पियन’को फिनाले चैत्र १ गते हुने

Company Register

देशकै पहिलो कमेडी रियालिटी सो कमेडी च्याम्पियन फाइनलको नजिक पुगेको छ । पछिल्लो समय दर्शकको माया र साथ पाएको यस शोले यति बेलासम्म आफ्नो टप तीन प्रतिस्पर्धी पाइसकेको छ । शोको फाइनलमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगिसकेका छन् अब उनीहरू टाइटलको लागी भिड्नेछन् । तिनैलाई चैत्र १ गते १२ बजेसम्म भोट गर्न सकिनेछ । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । अब शोको फिनाले होटेल सोल्टीमा हुने निश्चित भएको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् ।

Advertisement

‘हल क्षमता ठुलो भएकाले आर्मी अफिसर्स क्लबमा फिनाले आयोजना गर्ने सोच बनाएको तर यो क्लक निजी संस्था तथा कार्यक्रमलाई नदिने नियम बनाइएको रहेछ । तर पनि हामीले आग्रह गरेका छौँ,’ निर्देशक भण्डारीले भने, आजसम्म आर्मी अफिसर्स क्लबको निर्णय कुर्छौँ, हुँदैन भनियो भने होटेल सोल्टी मै गर्छौँ । ग्रान्ड फिनाले आउँदो चैत्र १ गते हुने समेत उनले थपे । ३ प्रोडक्सनले निर्माणमा विशाल भण्डारीको निर्देशनमा तयार भइरहेको शोमा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायक रहेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...