Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७६ फागुन १५ गते बिहीबारको राशिफल हेर्नुहोस्

Company Register
वि.सं. २०७६ फागुन १५। बिहीबार। इ.स. २०२० फेब्रुवरी २७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। चतुर्थी, २८:०७ उप्रान्त पञ्चमी। नक्षत्र– रेवती, २३:०४ बजेउप्रान्त अश्विनी। योग– शुभ, ९:०० बजेउप्रान्त शुक्ल। करण– वणिज, १५:०६ बजेदेखि भद्रा, २८:०७ बजेउप्रान्त वव। आनन्दादिमा मित्र योग। चन्द्रराशि– मीन, २३:०४ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:३३ बजे, सूर्यास्त– १८:०२ बजे र दिनमान २८ घडी १ पला। सर्वार्थसिद्धियोग १५:०६ बजेसम्म र २८:०७ बजेदेखि। पञ्चक २३:०४ बजे समाप्त।
तपाइको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा रचल्नेछ । वैदेशिक कार्यपनि अघी बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा समस्या आउला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्यपनि पुरा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...