सुनको भाउ ओरालो लाग्न थाले

अनलाइन पत्र संवाददाता२०७६-११-१५ No Comments

सुनको भाउ ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबारको तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर, बुधबार ७९ हजार ५ सयमा कारोबार भएको छ। त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला ९ सय ५ रूपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने बुधबार २० रूपैयाँले घटेको हो।

Ad
Ad