चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने उच्च रक्तचापका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।

बेइजिङस्थित राजदूतावासका उपप्रमुख सुशील लम्सालले केही विद्यार्थीलाई ज्वरो देखिएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको वताए । स्थानीय समयअनुसार राती १२ बजेर ५२ मिनेटमा जहाज काठमाडौँतर्फ प्रस्थान गरेको थियो ।