Comments Add Comment

जीतसँगै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेविरुद्ध जीत निकालेको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा रोबर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना २–० ले अघि रह्यो । दोस्रो हाफको ६६ औं मिनेटमा रोड्रिगेजले एक गोल फर्काएपनि बार्सिलोनाले २–१ को जीत हात पार्यो । यो जीतसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ । बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर