Comments Add Comment

एनआरएनएद्वारा कोरोनाको रिपोर्ट १० मिनेटमै आउने एन्टिजेन किट सहयोग

गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट सहयोग गर्ने भएको छ । कोरोना भाइरस परीक्षणको नतिजा १५ मिनेटमै दिने १० हजार एन्टिजेन किट सरकारलाई सहयोग गर्न लागिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । उक्त किट संघलाई जापानको फुजिरियो होल्डिङ्स् कम्पनीले उपल्बध गराएको हो । जसका लागि जापानमा व्यवासायी गर्ने संघका प्रतिनिधि कपिलदेव थापाले विशेष पहल गरेका थिए । ‘हाम्रा जापानस्थित प्रतिनिधि कपिलदेव थापा जीको विशेष पहलमा संघलाई १० हजार एन्टिजेन किट प्राप्त भएको थियो । भोलि नै हामीले नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरणदै गर्दैछौँ,’ उनले भने । किटको मूल्य करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर