Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘लक्का जवान’को दोस्रो गीत कस्तो बन्यो ?

Company Register

हाँस्यकलाकार शिवहरि पौड्यालको डेव्यू निर्देशनमा बनेको सिनेमा सिनेमा ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुधबार काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरी ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक गरिएको हो।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी अभिनित लोकगीतमा बाबुल गिरीको शब्द र संगीत छ। बाबुलसँगै जुनु रिजाल काफ्लेले आवाज रहेको गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

Advertisement

काठमाण्डौँका विभिन्न सुन्दर स्थलमा खिचिएको गीतले सिनेमाको हाइप निर्माणमा ठुलो भूमिका खेल्ने निर्माण पक्षको आशा छ।
सिनेमामा डेब्यु निर्देशक पौड्यालकै कथा, पटकथा र संवाद छ। पाका उमेरको मानिसको कथा भन्ने सिनेमामा दीलिप, प्रियंका, सलोन र वर्षासँगै किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ।

चैत २१ गते रिलिज हुने सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता अनसुया श्रेष्ठ ओन्ता हुन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...