| वि.सं. २०७६ फागुन १। बिहीबार। इ.स. २०२० फेब्रुवरी १३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। पञ्चमी, २६:१६ उप्रान्त षष्ठी। नक्षत्र– हस्त, १४:३२ बजेउप्रान्त चित्रा। योग– शूल, २५:१५ बजेउप्रान्त गण्ड। करण– कौलव, १५:२५ बजेदेखि तैतिल, २६:१६ बजेउप्रान्त गर। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कन्या, २५:४३ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २७ घडी ६ पला। फाल्गुण संक्रान्ति। |
| तपाइको आजको राशीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| आज शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोधपनि आउला । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




