
हात्तीपाइले रोग निवारणको औषधि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका जनताले कम प्रयोग गर्ने गरेको एक अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारण ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गतको अन्तक्रियामा यही माघ २५ गतेदेखि नवौँ चरणको औषधि खुवाउने तथा घरदैलो कार्यक्रममा यो औषधि सेवनवाट ज्यानको कुनै पनि जोखिम नहुने जानकारी दिइएको थियो ।
मोरङ जिल्लामा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय निकायका नौ लाख २४ हजार ५६२ जनतालाई ‘डिईसी’ साना चक्की र जुकाका लागि ‘अलवेन्डाजोल’ ४०० एमजीको ठूलो चक्की गरी दुई वटा औषधि सेवन अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यो औषधि दुई देखि पाँच वर्ष उमेरका लागि एक, छ देखि १४ वर्षका लागि दुई र १५ वर्ष भन्दा माथिलाई तीन तथा जुकाका औषधि सबैलाई एकरएक चक्की खुवाउने कार्यक्रम छ । जिल्लामा १३ प्रतिशत जनतामा अहिले पनि हात्तीपाइले सङ्क्रमित हुने जानकारी दिँदै प्रत्येक वर्ष दुई पटक औषधि सेवनको अभियान सञ्चालन गरेको बताए ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






