Comments Add Comment

राखेपको बोर्ड बैठक तिहारपछि

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक तिहारपछि मात्र बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेको जनाइएको छ । मन्त्रिपरिषद्ले राखेप बोर्ड सदस्य नियुक्त गरेपछि मन्त्री विश्वकर्माले दशैं लगत्तै बोर्ड बैठक बोलाउने आश्वासन दिएका थिए ।

परिषद्का अध्यक्ष समेत रहेका मन्त्री विश्वकर्माले बैठक आयोजनाका लागि तयारी नपुगेको भन्दै तिहारपछि मात्र बैठक बोलाउने तयारी गरेका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने उल्लेख छ । नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला, सदस्य सचिवमा रमेशकुमार सिलवाल र बोर्ड सदस्यहरु नियुक्त भएका छन् । परिषद्को ३७ जनाको बोर्डमा अझै ओलम्पिक कमिटि, विश्व विद्यालय र उद्योग वाणिज्य महासंघका प्रतिनिधि आउन बाँकी छ । परिषद्को पहिलो बोर्ड बैठकले राखेपको कार्यकारी समितिका लागि चार जना सदस्यको नियुक्ति समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर