सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे छलफल भएको छ । शनिवार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ । यद्दपी बैठकले यसबारे भने कुनै निर्णय गरेको छैन ।

उपाध्यक्ष गौतमले यसअघि राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुने व्यवस्था भएको खण्डमा मात्र आफू राष्ट्रियसभामा जाने बताएका थिए । शनिबारै बसेको सचिवालय बैठकमा मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ । छलफलका क्रममा कुनै निश्कर्ष भने निस्किएको छैन ।